ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन, १ साउन

रत्ननगर नगरपालिका-१६ दोबाटो चोकमा खैरहनीबाट दोबाटोतर्फ आउदै गरेको ना.३ त ७४३० नम्बरको ट्याक्टरको ठक्करबाट साकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय कृष्ण बहादुर पन्तको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानय बकुलहर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनामा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।