ट्रकको ठक्करबाट बालकको मृत्यु

ट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुर, २ असार  

मध्यपुर थिमी नगरपालिका-२ शिक्षा विभाग जिक सडकमा बा.२ क १२८४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री भक्तपुर सानोथिमी बस्ने सिराहा विष्णुपुर गाउँपालिका-४ घर भएका मन कुमार यादवको छोरा वर्षीय आरव यादवको शुक्रबार बिहान मृत्यु भएको ठक्करबाट गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाकासम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।