जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २६ असार

रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोटहीमाई गाउँपालिका-४ तुनिहवा बस्ने २३ वर्षीय रहिस मुसलमानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । रहिसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगाँवाबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका-११ स्थित काम गरी बस्ने ३५ वर्षीय हरि थारूलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । हरिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।।