अवैध लागूऔध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं, २३ असार
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सेतो हेरोइन ६ किलो ५ सय ग्राम सहित भारतीय नागरिक ६५ वर्षीय RAKESH WAHAB शनिबार राति पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-११ पुरानो गाईघाट बस्ने ३०वर्षीय विनोद चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम र नगद ३ हजार ४ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट तरकारी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमासोही नगरपालिका-८ बस्ने ३८ वर्षीय सुशिल बुढाथोकी, ५४ वर्षीय कृर्तानन्द ठाकुर र भारत बिहार थररिया कुर्साकाटा–१४ टाँवाबारी घर भएकी ४५ वर्षीया हसिना खातुन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-६ बस्ने २४ वर्षीय हरी कुमार राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले तेह्रथुमबाट दमकतर्फ जाँदै गरेको बा.५ ख ५८७७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुर बजारबाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नगद ४४ हजार २ सय १० रूपैयाँ सहित सोही नगरपालिका-१२ बस्ने ३० वर्षीय सुदन गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले लु.प्र.०२-००१ प १४९९नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारीपक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने ३३ वर्षीयईन्द्र ध्वज बमलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतको गौरीफन्टाबाट नेपालतर्फ आउँदै गरेको से.७ प ८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ हो ।
सप्तरी, बलान बिहुल गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ८६ एम्पुल, फेनारगन ८६ एम्पल र बुप्रेनोर्फिन ८८ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-११ बस्ने २५ वर्षीय लक्षम्ण मलाह र सोही नगरपालिका-१३ बस्ने २४ वर्षीय राजेश निरौला रहेका छन् । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फआउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२७ मेघौली बस्ने ३४ वर्षीय विष्णु गुरूङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८७ ट्याब्लेट, अवैध लागूऔषध गाँजा ४ सय ८० ग्राम, नगद ४ हजार ६५ रूपैयाँ र २ थान मोबाइल सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाटखटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय १० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१० शान्ती समाज टोल बस्ने २७ वर्षीय सुरज कुमार दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको सिटिसफारीलाई जाँच गर्दा सिटिसफारीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने ३१ वर्षीयलोकेन्द्र खाँण ठकुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ४० मिलिग्राम सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबनकटवा र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश सिद्धार्थनगर वढनी बस्ने २० वर्षीय कन्हैया चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कायालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।



प्रतिकृया दिनुहोस्