अवैध लागूऔषध गाँजा बरामद

अवैध लागूऔषध गाँजा बरामद

सुनसरी, २१ असार    

बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट अवैध लागूऔषध गाँजा करिब सय ६२ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।

स्थायी प्रहरी चौकी नडाहा समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ धरानबाट नडाहातर्फ आउदै गरेको एमएच ०२ बिपि ९७४२ नम्बरको कार ोडी कार चालक समेत २ जना व्यक्ति फरार भएपश्चात कार तलासी गर्दा डिक्कीमा लुकाई छिपाई राखेको ८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।