स्रोत नखुलेको रकम सहित पक्राउ

स्रोत नखुलेको रकम सहित पक्राउ

सप्तरी, २० असार  

बलान बिहुल गाउँपालिका-बाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ र मोबाइल १ थान सहित सिरहा भगवानपुर गाउँपालिका-४ ठारी बस्ने ५८ वर्षीय जगदिश यादवलाईबिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।