आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २० असार

सर्लाही, बसवरिया गाउँपालिका-३ भवानपुर बस्ने आसनारयण महतोले संचालन गरेको ओम एकिकृत पशु तथा पशुपंछी फर्ममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-८ बस्तीपुरस्थित संतोषसाहले संचालन गरेको क्रसर उद्योगमा गए राति आगलागी हुँदा करिब ८० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।