डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, २० असार

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर भएका वर्षीय सफेल अन्सारीको बिहीबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा पचारको क्रममा मृत्यु भएको हो ।

सिराहा, लहान नगरपालिका-१८ सोभापुरस्ने मोहमद बजिरक छोरी १३ वर्षीया अलिसा खातुनको सोही ठाउँस्थितपोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएक उनको मनोकामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुर्खेत, गुर्भाकोट नगरपालिका१४ थुम्का बस्ने ५० वर्षीय डम्मर बहादुर घर्तीको सोही ठाउँस्थित सिँचा ड्यामको पानीमा डुबेर बिहीबार राति मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।