मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

पर्सा, १ असार

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका३२ बस्ने १९ वर्षीय विध्यानन्द महतोलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका३१ कोनिया टोलस्थिपार्किङ गरी राखिएको मधेश प्रदेश-०३-०३५७७४५ नम्बरको मोटरसाकल असार ९ गते चोरी भएको भन्ने उजुरीकोआधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न महतोलाई वीरगंज महानगरपालिका३१ बाट उक्त मोटरसाकल सहित फेला पारी पक्राउ गरेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।