ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा, १६ असार

तपुरसिमरा उपमहानगरपालिका-७ दुर्गा मन्दिर चोकस्थित सडकमा ना.६ ख २९९२ नम्बरको ट्याङकरले मधेश प्रदेश ०३-०२-०२४ प ३९६९ नम्बरको मोटरसाइकललाई सोमबार दिउँठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-३२ बस्ने २० वर्षीय महमद साहिल अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याङ्कर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।