अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं, १६ असार

काठमाडौं हानगरपालिका-३२ कोटेश्वरस्थित होटल त्रिमुर्तीबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ४ ग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर गठ्ठाघर बस्ने सिराहा मिर्चया नगरपालिका-घर भएका २६ वर्षीय किशन शाह, काठमाडौं बानेश्वर बस्ने धनुषा, धनुषाधाम नगरपालिका-घर भएका २०वर्षीय सुभम कुमार यादवमहोत्तरी गौशला गाउँपालिका-घर भएका १९ वर्षीय आकाश शाह रहेका छन् प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी होटलको ३०६ नम्बरको कोठातलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-७ पर्व बस स्टेण्डबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ सय ग्राम सहित भारत बिहार किशनगञ्ज बस्ने ४७ वर्षीय जन्हेरा खातुन समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी र लागऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय काभिट्टा झापाबाट खटिएको प्रहरीले उर्लाबारीबाट दमकतर्फ जादै गरेको को.१ ह ९३९८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बरढाबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ १३ ग्राम सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिक्लाजुङ गाउँपालिका-७ बस्ने २५ वर्षीय मेघराज राई र सुनसरी दुहवी नगरपालिका-९ बस्ने २६ वरषीय नबिन हुसेन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यलाय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

यसैगरी मोरङ, बेलबारी नगरपालिका-११ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ्राम सय मिलिग्राम र नगद हजार सय रूपैयाँ सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय मनिष गुर, २२ वर्षीयबिशाल राई र लेटाङ नगरपालिका-३ बस्ने ४० वर्षीय जयमान तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डागहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।

नकुटा, धनकुटा नगरपालिका- हिलेबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने ३३ वर्षीय राजेश तामाङ, २८ वरषीय दिपेश राई, २६ वर्षीय सुजन तामाङ २१ वर्षीय सुमन तामाङ रहेका छन् प्रहरी चौकीहिलेबाट खटिएको प्रहरीले राजेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

नवलपरासी पशचिम, रामग्राम गरपालिका-१ सौवाटिकर बस्ने ३७ वर्षीया हेमकला कुमारी कोहारलाई नियन्त्रित लागूऔषध फेनारगन १३ एम्पुल, बुप्रेनोर्फिन १३ एम्पुलर डाईजेपाम १३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८०मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रितम गुरूङलाई आइतबार दिउँसो प्रहरील पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिकानकैयाबाट अवैध लागूऔषध खैरो हेरो जस्तो देखिने पदार्थ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-६ हात्तीबोझा बस्ने २४ वर्षीय राजेन्द्र चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।