जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सप्तरी, १३ असार  

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका-१ बलान पटि टोल बस्ने ५० वर्षीय चन्देश्वर सदा र ४५ वर्षीय रामदेव सदाहेका   छन् ।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कयालय कडरवोना र प्रहरी चौकी धाँतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।