ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला, ११ असार

तिला गाउँपालिका-५ चुलाकोटस्थित सडकमा कुडारीबाट चुलाकोटतर्फ जाँदै गरेको भे.१ त ६४७२ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवा सोही ठाउँ बस्ने २३ वर्षीय लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।