जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनकुटा, ११ असार

५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिक८ सान्ताङ स्ने ५२ वर्षीयखड्ग बहादुर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।