अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं, ११ असार

सर्लाही, ब्रह्मपुरी गाउँपालिका- बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम हजार सय ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-२४ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतको सोनवर्षाबाट भेल्हीतर्फ जाँदै गरेको .प्र-०३-००१ ह २२२१ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका१८ एफ गाउँबाट अवैध लागूऔषध खैरो हरोन जस्तो देखिने पदार्थ १ ग्राम ६सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय धरम पाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

यसैगरी कैलाली, गोदावरी नगरपालिका-८ घुर्सुवाबाट अवैध लागूऔषध खैरो हरो जस्तो देखिने पदार्थ २ ग्राम १सय ९० मिलिग्राम सहित घनगढी उपमहानगरपालिका११ बस्ने २४ वर्षीय भक्तराज रानालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

वानपुर, हेटौडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खेरो हरोन जस्तो देखिने पदार्थ १६ ग्राम ४सय मिलिग्राम सहित ३ जनालाई बुधबार िहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-२ बस्ने २२ वर्षीय बिजय सुनार, हेटौडा उपमहानगरपालिका-८ कमाने बस्ने ३१ वर्षीय राज कुमार खडका सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश.०३-००६ प १०१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यसैगरी मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ सय ५५ ट्याब्लेट सहित जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी पंचमिडिया बस्ने २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजित कुमार यादव ३५ वर्षीय सिकन्दर महतो रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बीआर ०१ एब्लु १४०४ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडीको सिट मुनि र डिक्की भित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी चालक उपेन्द्र कारमा सवार संजिसिकन्दरलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपहानगरपालिका-झर्नाचोक डेरा गरी बस्ने १९ वर्षीय सुदिप भन्ने मुन्सन राईलई नियन्त्रित लागूऔषध ट्रामाडोल हजार सय ७६ ट्याब्लेट, स्पास हजार सय ९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेस्ट सय ९५ ट्याब्लेट र कोलिवन सय १२ ट्याब्लेटसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट सहित भक्तपुर लोकन्थली बस्ने जुम्ला गठीचौर गाउँपालिका-६ घर एका २५ वर्षीय विवस कार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो

कपिलवस्तु, बुद्धभुमि नगरपालिका-२ गोरसिङगेबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थकरिब २ सय मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय शि लामिछानेअर्घाखाँची मालारान गाउँपालिका-२ खन बस्ने २३ वर्षीय सुदन परियार रहेका छन् । इलाका प्रहरी कार्यालय गोरसिङगेाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।