मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १० असार

​कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ कर्मास्थित कर्मा खोलामा मायादेवी गाउँपालिका-१ पकडी बस्ने ४१ वर्षीयराधेश्याम कोरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ धिप्लुङ बस्ने ७० वर्षीय लाल बहादुर कार्की सोही गाउँपालिका-६ स्थित धन्सार खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, सुनवर्षी नगरपालिका–६ नयाँचोकमा रतुवामाई नगरपालिका–५ बस्ने २५ वर्षीय सागर ताजपुरिया मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  

झापा, कमल गाउँपालिका-१ स्थित कृष्णे खोलाको किनारमा सोही गाउँपालिका-१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाको छोरा १२ वर्षीय सुसान शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, पालुङटार नगरपालिका-७ स्थित प्याउदी खोलामा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।