आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, असार

काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफल बस्ने ६०वर्षीय राजेन्द्र उदासले सोही ठाउँमा संचालन गरेको ट्रफी, मेडल र स्टिकर गोदाममा आइतबार बिहान आगलागी हुँदा करिब १ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बारा, सुवर्ण गाउँपालिका-८ पर्सुरामपुर टोल बस्ने शेख अलाउदिनको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख २३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका१० शुकासाल बस्ने महेश लुहारले संचालन गरेको पसलमा शनिबार राति आगलागी हुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमाआगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।