करेन्ट लागेर मृत्यु​

करेन्ट लागेर मृत्यु​

धनुषा, ५ असार

मिथिला नगरपालिका- लक्ष्मनिवास बस्ने ५० वर्षीयामंगली देवी महत्तोको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित खेतबारीमा जङ्गली जनावरबाट खेतीबाली बचाउन लगाएको विद्युत प्रवाह भएको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।