पोखरीमा डुबेर मृत्यु​

पोखरीमा डुबेर मृत्यु​

बारा, ५ असार

​ कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा ३ वर्षीय युवान तामाङको सोही ठाउँस्थितपोखरीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।

​डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।