मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, ३ असार

​धादिङ, गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशुली नदीकिनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीयपुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

​तनहुँ, व्यास नगरपालिका-१ बिसघरे घाटस्थित बुल्दिखोला,मादी र सेती नदीको संगम स्थल छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।