अवैध लागूऔषध सहित सात जना पक्राउ

अवैध लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं, ३ असार

धनकुटा, सागुरीगढी गाउँपालिका- भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-२ बस्ने १९ वर्षीय बबिन लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३३२३ नम्बरको बोलेरोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

लपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका- बाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ४ सय ५७ क्याप्सुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नलपरासी पश्चिम बर्दघाट नगरपालिका४ बस्ने २३वर्षीय केशव दर्जी र ३७ वर्षीय प्रकाश दमाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय लपरासी पूर्वबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.२ प ३२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१० रजतजयन्त चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्राम सहितजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वा सुगौल गाउँपालिका-६ बस्ने ३५ वर्षीयरामेश्वर राउत४० वर्षीय विनोद गिरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय वीरगंजडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले बसपार्कबाट रक्सौलतर्फ जाँदै गरेको ना.४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । साथै प्रहरीले ना.४६ प २५४० नम्बरको मोटरसाइकलमा सवार २ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।