छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, ३ असार
पाल्पा, पूर्वखोला गाउँपालिका-५ विरकोटस्थित सडकमाआर्य भन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु. १ च ६७५६नम्बरको बलेरो पिकअप सडकदेखि करिब ३ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा पिकअपमा सवार बग्नासकाली गाउँपालिका-१ गाप्टुङ घर भई रूपन्देही बुटवल उपमहानगरपालिका-११ मझुवा बस्ने ४६ वर्षीय बिनोद ढुङ्गाना र सोही ठाउँ बस्ने ४८ वर्षीय रेसम सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बिनोदको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र रेसमको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइहरेको छ ।
महोत्तरी, एकडारा गाउँपालिका-६ कोलवास्थित सडकमारोकी राखेको गाडामा ज.१० प ९९०७ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ बस्ने २० वर्षीय सुभम मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जुम्ला, चन्दननाथ नगरपालिका-७ खल्लाचौरस्थित सडकमा लु.२ त १११५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार चन्दननाथ नगरपालिका-९ तलिउम बस्ने ४८ वर्षीया जोखी सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।



प्रतिकृया दिनुहोस्