जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं, ३१ जेठ    

काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने विज्ञान बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय राजेश गिरी समेत १२ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ३० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।