तारकेश्वर नगरपालिका-६ लोलाङ बस्नेतटार बस्ने ४८वर्षीय शुभराम बाँनियाको घरमा चोरी

तारकेश्वर नगरपालिका-६ लोलाङ बस्नेतटार बस्ने ४८वर्षीय शुभराम बाँनियाको घरमा चोरी

काठमाडौं, १६ जेठ

तारकेश्वर नगरपालिका-६ लोलाङ बस्नेतटार बस्ने ४८वर्षीय शुभराम बाँनियाको घरबाट नगद, सुन तथा चाँदीका गरगहना मोबा समेत गरी करिब ३ लाख ३२ हजार ९ सय ८५ रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।