सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सिआईबीको डिएसपी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, १५ जेठ  

सिआईबीको डिएसपी हुँ भन्दै ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ कमेरोटार बस्ने सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अनिलले आफू सिआईबीको डिएसपी हुँ भनि जबरजस्ती करणीको मुद्दा मिलाई दिन्छु भनि ८ लाख ४० हजार रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ कमेरोटारबाट पक्राउ गरेको हो ।

उनी उपर ठगी गर्न नहुने सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।