आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १३ जेठ

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोकास्थित लक्ष्मण दुलालको पबित्रा दुध डेरीमा मंगलबार दिउसो आगलागी हुँदा फ्रिज ५ थान, काठको र्‍याक ४ थान, दुध, घ्यू र लत्ताकपडा लगायतका सामान जलेर करिब लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङ, राप्त गाउँपालिका-८ विजौरी बस्ने अस्मिता बिष्टको घरको पूजा कोठामा मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

रौतहट, इशनाथ नगरपालिका- जयनगर टोल बस्ने शेख सरिकको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा गलागी नियन्त्रणमा लिन साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।