आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १३ जेठ

​ धादिङ, निलकण्ठ नगरपालिका-१२ पचघरे बस्ने लक्ष्मीथापाको घर, बल बहादुर पौडेलको घर र बाबुराम श्रेष्ठको घरमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

​झापा, बाह्रदशी गाउँपालिका-५ घोडामार टोल बस्ने ५० वर्षीय बिष्णु ओझाको गुवालीमा मंगलबार बिहान आगलागी हुँदा गुवाली पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

​रौतहट, गुजरा नगरपालिका-६ खत्बैयामा टोल बस्ने शेख वकिलको गोठमा मंगलबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

​सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-६ बस्ने जगदेव मण्डलको गोठमा गए राति आगलागी हुँदा करिब २लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

​प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।