कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

धनुषा, २५ वैशाख  

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीजनकपुरधामपमहानगरपालिका-२३ बस्ने ५५ वर्षीय रामदहिन महतो भन्ने गुजरा महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महतो समेतले गत चैत २ गते चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय आशु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको र सोही ठाउँ बस्ने रूपेश कुमार यादव घाइते भएको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले धनौजी गाउँपालिका-४ बाट पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।