जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्वत, २५ वैशाख  

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फलेवास नगरपालिका-६ साङ्खोला बस्ने ३५ वर्षीय र्य नेपालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।