अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं, २१ वैशाख

काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी धोबीचौरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, नोर्फिन ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित सोही ठाउँ बस्ने धादिङ घर भएका ४२वर्षीय राजु थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सिराहा, सिरहा नगरपालिका-१७ खटोकास्थित अजय होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४ सय ८० मिलिग्राम सहित होटलका संचालक भारत मधुबनी कमलाकारी ग्रामपञ्चायतस्ने ३५ वर्षीयधर्मेन्द्र यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय २० मिलिग्राम सहित जानकी गाउँपालिका-९ खैरफाँटा बस्ने १८वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।लाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौककालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, देवानगंज गाउँपालिका- बाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय पप्पु यादवलाईशनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकीकप्तानगंजबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४४ प २९१३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, धनपालथान गाउँपालिका-४ कर्सिया बजारस्थितसडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ग्राम सय ५० मिलिग्राम, नेपाली २९ हजार ३ सय ५ रूपैयाँ र भारतीय नगद हजार ६ सय ८० रूपैयाँ सहित सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय चन्द्र शेखर मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले को.६ प १६२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ग्राम सय ० मिलिग्राम सहित बेवारी नगरपालिका-११ बस्ने१९ वर्षीय दिवश धिमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ महेन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ग्राम ३ सय मिलिग्राम सहित भारत बिहार पुर्णिया बस्ने २५वर्षीय गौरब जैनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ७० मिलिग्राम सहित बेलवारी नगरपालिका-२ बस्ने २१ वर्षीय सन्तोष ऋषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका१ बस्ने २८ वर्षीय सैलेश बजिमयसाकेला गाउँपालिका२ बस्ने २२ वर्षीय संगम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले बा.९६ प ५८७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिक्तेल पाकोट मझुवागढी नगरपालिका-१ बस्ने २६ वर्षीयपेश खड्का र सोही नगरपालिका-४ बस्ने २५ वर्षीय सन्जिप राईबाट खरिदगरी ल्याएको खुल्न आएपश्चात रूपेश र सन्जिपलाई समेत प्रहरीले पक्राउ गरेको छ । ​​

झापा, गौरादह नगरपालिका-१ बेलडागीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ डिपुचोक बस्ने ३४ वर्षीय रोमन अधिकारी र  कमल गाउपालिका-७ बस्ने २० वर्षीय पवन दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीलेउनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-१३ बाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१३ जोगी पोखरी बस्ने २७ वर्षीया कल्पना चौधरीर उनको बुबा ५५ वर्षीय देव नारायण चौधरी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय उदयपुर र नगर प्रहरी कार्यालय त्रियुगा गाईघाटबाट खटिएको प्रहरीले कल्पनाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित तनहुँ आबुखैरेनी बस्ने ३२ वर्षीय आशिष गुरङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।डा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले .५ प ७९०७ नम्बरकोमोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।