करेन्ट लागेर मृत्यु​

करेन्ट लागेर मृत्यु​

सिन्धुली, १७ वैशाख

दुधौली नगरपालिका-१२ शनिटार बस्ने ५८ वर्षीय मोहन बहादुर घिसिङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको   छ । आफ्नै घरमा मोबाल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको दुधौली नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।