दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिपक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिपक्राउ

काठमाडौं, वैशाख

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारीदक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको भियोगमाकाठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागिवैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं ठाएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।