चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ​

चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ​

काठमाडौं, १३ वैशाख

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका- बस्ने दाङ तुलसीपुरउपमहानगरपालिका-६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।