हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

इलाम, १३ वैशाख

माई नगरपालिका-४ सिंजालीटार बस्ने ५२ वर्षीया भूमिका चापागाँईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४२ वर्षीय शान्तिराम दुलाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

दुलालले धारिलो हतियार खुकुरी प्रहार गर्दा भूमिकागम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी भूमिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।