अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं, १३ वैशाख  

कैलाली, धनगढी उपमहानगरपालिका२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सय ६०मिलिग्राम सहित बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने २७वर्षीयरेन्द्र सिंह भाटलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-१ गैरा बस्ने २४ वर्षीय किरण बहादुर विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम २ मिलिग्राम सहित सोही पमहानगरपालिका-१३ बस्ने ३५ वर्षीयापुष्पा लोनियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ग्राम सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २५वर्षीय किरण राई र सोही नगरपालिका-११ बस्ने २२ वर्षीयरोमन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ६७९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम सय मिलिग्राम सहित ुवाकोट शिवपुरी नगरपालिका-४ बस्ने २६ वर्षीय रमेश गुरङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय विराटनगरबाटखटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका१६ स्थितबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारगन १० एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ३६ वर्षीय तीर्थ राईलाईशनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसोप्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौडा उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय समुन गुरङ र सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने २० वर्षीय बुद्ध थिङरहेका छन् । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले चौकीटोलबाट हेटौडा बजारतर्फ आउदै गरेको ना.१ ह १५२८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ साहाटोलबाट अवैध लागूऔषध गाँजा करिब ३१ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने २८ वर्षीय समिर राई र २८ वर्षीय संजिव राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीप्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीले को.१६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट ैध लागूऔषध सहित ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । डा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१५ गोबिन्द मार्ग बस्ने ३४ वर्षीय सुरेश गुरलाई ट्रामाडोल ३७ ट्याब्लेट र स्पासपेन ८२ ट्याब्लेट, सोही उपमहानगरपालिका-१५ सुनगाभा मार्ग बस्ने २२ वर्षीय नरेश राईको कोठाबाट नरेश सहित २३ वर्षीय अनिकेत राई१६ वर्षीय कीशोरलाई ट्रामाडोल २ सय १८ ट्याब्लेट, सोही उपमहानगरपालिका-८ सहिद रतन मार्ग बस्ने २५ वर्षीय सनम परियारलाई ट्रामाडोल २० ट्याब्लेट रस्पासपेन २० ट्याब्लेट, सोही उपमहानगरपालिका- १५ सडन रोड डेरा गरी बस्ने धनकुटा डाँडा बजार घर भएका ४५ वर्षीयचन्द्र लिम्बुलाई ट्रामाडोल २ सय ६६ ट्याब्लेट र स्पासपेन १०ट्याब्लेट तथा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने ३७वर्षीय कुल बहादुर बान्ताबालाई गाँजा ५ सय ग्राम सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।