करिब ३ सय ६५ किलोग्राम गाँजा सहित चार जना पक्राउ
- thantikhabar
- April 19, 2025
11.1K
SHARES
बारा, ५ वैशाख
जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय जिवन ठोकर रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जिवनलाई ना. ३३ प ७४६९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
यसैगरी बारा, पचरौता नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम सहित भारत बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्