करिब ९० किलोग्राम गाँजा बरामद

करिब ९० किलोग्राम गाँजा बरामद


सर्लाही
, ४ वैशाख  

​मलंगवा नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ९० किलोग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ ।

​जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीलाई देख्नासाथ बिआर ०६ टि ९२९३ नम्बरको कारका चालकले कार छाडी फरार भएपश्चात कार तलासी गर्दा ६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

​प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)