आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २ वैशाख

पाँचथर, फाल्गुनन्द गाउँपालिका-६ ख्यागु बस्ने सुन्दर बल तामाङको गोठ र घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।  

पर्सा, वीरगंज महानगरपालिका-१३ बस्ने राजन अधिकारीको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ, बुढगंगा गाउँपालिका-३ खवास टोल बस्ने ५५वर्षीय बलराम चौधरीको घरमा मंगलबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २१ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, हरिपुर नगरपालिका-५ मजुर्वा बस्ने महमदअफदल अलीको घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)