अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं, २ वैशाख  

 काठमाडौं, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेलगेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतय नागरिक २७ वर्षीयVishak Vijayan सोमबार राति पक्राउ परेकान्थाई एयरको उडाद्वार बैंकक हुँदै नेपाल आएका उनलाईविमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा नको लगेजबाट उक्त पदार्थ ेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल सय ट्याब्लेट र स्पासपेन सय ट्याब्ल सहित सोही उपमहानगरपालिका-१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । स्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मफेदी गाउँपालिका-९ कुरले बस्ने २४ वर्षीय कमल प्रजाकैलाश गाउँपालिका-१० बेतिघारी बस्ने २९ वर्षीय सुमित्रा प्रजा रहेका छन् । प्रहरी चौकी रामाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख १५८७ नम्बरको गाडी जाँ गर्ने क्रममा गाडीमा सवार कमललाई किलोग्राम र सुमित्रालाई ६ किलोग्राम ाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-३ बुटाबारीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३९ वर्षीयकुलदिप सिंह६० वर्षीय बेचनलाल पाशमान रहेका छन् । लाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरे यूपी २६ एडब्लु ३१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित बर्दिबास नगरपालिका-११ खयरमारा घर भई सोहीनगरपालिका-१४ डेरा गरी बस्ने २६ वर्षीय कुबेर जंग रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

लमजु, बेसीशहर गरपालिका-३ रानिकुवा बस्ने २२ वर्षीय अर्जुन सेन्चुरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३७ ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २२ वर्षीयर्ण बहादुर सिंहठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)