युके र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

युके र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ३१ चैत

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२९ बस्ने इलाम चुलाचुली गाउँपालिका- घर भएका ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका-३० बस्ने मोरङ ग्रामथान गाउँपालिका- घर भएका २३ वर्षीय इश्वर पोखरेल रहेका छन् ।

पक्राउ मध्ये ख्यामले युके पठाइदिछु भन्दै जना पीडितहरूबाट ३६ लाख रूपैयाँ र इश्वरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ख्यामलाई ललितपुर महालक्ष्मी नगरपालिका-बाट शनिबा इश्वरलाई काठमाडौं महानगरपालिका-१४ बाट शुक्रबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये ख्यामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र इश्वरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)