अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

 

काठमाडौं, ३१ चैत

काठमाडौं हानगरपालिका-१३ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ४ एम्पुल सहित नागर्जुन नगरपालिका-७ हसनटार बस्ने लमजुङ वेसीसहर नगरपालिका-२ घर भएका ३० वर्षीय सन्दिप बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३१ प ९१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

ललितपुरहानगरपालिका-२८ हरिसिद्धिस्थित मेरोसिटी अपार्टमेन्टको ब्लक सि को कोठा नम्बर ३०२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नगद ९० हजार रूपैयाँ सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बेलवारी नगरपालिका-घर भई काठमाडौं कपन बस्ने २० वर्षीया प्रमिला तामाङविराटनगर महानगरपालिका-११ घर भई काठमाडौं पुरानो बानेश्वर बस्ने २१ वर्षीय सोनाम साह रहेका छन् । प्रहरी प्रभाग गोगबुबाट खटिएको प्रहरीले अपार्टमेन्टको उक्त कोठा तलासी गर्द उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौडा उपमहानगरपलिका-बाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६१ मिलिग्राम सहित धनुषा महेन्द्रनगर घर भई बारा जतपुरसिमरा उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय जुनेत अन्सारी भन्ने महमद अब्द खान समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको   छ ।

सुनसरी, टहरी उपमहानगरपालिका१७ बिजला टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय अभिषेक कुमार चौधरीरामधुन नगरपालिका३ बस्ने २२ वर्षीयमनिष तामाङ रहेका छन् ।लाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १४ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

तेह्रथुम, म्याङलुङ नगरपालिका-७ लाक्चाम टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र स्पास्मिड ४ सय ट्याब्लेट सहित सोही नगरपालिका-८ कोबेक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जिरीखिम्तिबाट खटिएको प्रहरीले जिरबाट मोराहाङतर्फ जाँदै गरेको को.३८ प ५०९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका- बाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित गोदावरी नगरपालिका-१० बस्ने २३ वर्षीयमहेश बोगटीलाई निबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका- बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर कृष्णपुर नगरपालिका-७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-३ कुचैनीबाटअवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २१ वर्षीयअमिश सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, जानकी गाउँपालिका-बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)