आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, चैत  

सर्लाही,  बलरा नगरपालिका-१० सुदामा बस्ने अजय कुमार सिंहको किराना पसलमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुदा फ्रिज, लहठी, नगद लगायतका विभिन्न सरसामान गरी करिब लाख ६१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी र्लाही, बरहथवा गरपालिका-१० कटानीस्थितसोही ठाउँ बस्ने आत्मा राम रायको ओम प्रकाश हर्बलईनडस्ट्रिजमा शुक्रबार राति आगलागी हुँदा करिब १२ लाख ३२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका३ ठुलाचौउर बस्ने ४६ वर्षीय तुला प्रसाद तिमल्सिनाको गोठमा शनिबार बिहान आगलागी हुँदा गोठ पर्णपमा जलेर करिब १० लाख रूपैयाँ राबरको धनमाल नष्ट भएको छ ।

दोलखा, जिरी नगरपालिका७ कलङ बस्ने ईन्द्र बहादुर खत्रीको गोठमा गए राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)