सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २३ चैत
मोरङ, रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकस्थितसडकमा को. ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ कल्याणपुर बस्ने ४२ वर्षीय सोम टुडु र  मोटरसाइकलमासवार उनकै श्रीमती ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

​बैतडी, दशरथचन्द नगरपालिका-११ स्थित सडकमा बि-एसी ५६५९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार पंचेश्वर गाउँपालिका-५ बस्ने ५४वर्षीय चंचले दयालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

​सप्तरी, बोदेबर्साइन नगरपालिका-५ जाजरस्थित सडकमा मधेश प्रदेश ०१-००४ प ८३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका-५ पातो बस्ने ३१ वर्षीय ओम प्रकाश चौधरीकोमृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको जिवन ज्योती अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो ।   दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।   ​

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)