अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं, २३ चैत  

कञ्चनपुर, भीमदत्त नगरपालिका-६ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय किशोर भट्टलाईशुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर,मदत्त नगरपालिका-६ बनगाउँभगवती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित  सोही ठाउँ बस्ने ३० वर्षीयदिपेश बोगटीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनकोघर तलासीर्दा क्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय कमल रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-८ बस्ने १९वर्षीय गोविन्द कठायत र २२ वर्षीय दिपक बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, भजनी नगरपलिका३ जवलपुरबाट अवैध लागूऔषध खैरो हेरोन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शुकरबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सागीराम चौधरी, भजनी नगरपालिका-३ काडा बस्ने २१ वर्षीय निरज चौधरी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय निरज चौधरीरहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सागीराको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

ोरङ, विराटनगर महानगरपालिका-१७ मटेरवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ग्राम सय ० मिलिग्राम सहित केराबारी गाउँपालिका-६ बस्ने ४२वर्षीय निरज श्रेष्ठलाईुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेक उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बरढाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ६० मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुजन विश्वकर्मालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएकोप्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प ६४८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

झापा, मेचनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित मोरङ उर्लावारी नगरपालिका३ बस्ने १९ वर्षीय सुनिल विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागऔषध नियन्त्रण ब्यूरोशाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेौंडा उपमहानगरपलिका-१९ मौवाटारबाट अवैध लागूऔषध खैरो हेरोन जस्तो देखिने पदार्थ ४३ ग्राम ६ सय ५० मिलिग्राम, नगद लाख ३० हजार सय १०रूपैयाँ, मोबाइथान, सुनको सिक्ररी थान, बाला १ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ ठुलोथली बस्ने २१ वर्षीय हरसित राज मुक्तान र राक्सिराङ गाउँपालिका-३ पलासी बस्ने २२ वर्षीय समतेन डिमडुङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहा, सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरौ हरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० बस्ने २४ वर्षीय प्रबिन बुढाथोकी र २२ वर्षीय श्रवण कुमालरहेका छन् । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिरहातर्फ आउदै गरेको बा. प्र. ०२-०३२ प ५१३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)