पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, २२ चैत

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-घर भई बुढानिलकण्ठ नगरपालिका-बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणाटोखा गरपालिका- बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१०घर भएका ३३ वर्षीय भिम बहादुर मर रहेका छन्

राजु र रोशनीले पोलयाण्ड पठाइदिन्छु भन्दै जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा िम बहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका-६ बौद्ध तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको   छ । 

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)