अवैध लागूऔषध सहित चार जना पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौंचैत

रूपनदेही, बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय राज सुनारलाईमंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट देवीनगरबाट खटिएको प्रहरीलेलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ राम जानकी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने ३७ वर्षीय प्रभात सिंह कटुवाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भाबाट नेपालतर्फ आउँदै गरेको .५ प ३७२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पकराउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-भिमानबाट अवैध लागूऔषध खैरो हेरोन जस्तो देखिने पदार्थ सय ्रासय ५० मिलिग्राम र नगद २२ हजार रूपैयाँ सहित रसुवा कालिका गाउँपालिका-५ बस्ने ३३ वर्षीय सुभास बर्देवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-११ बान डाडा बस्ने ४८वर्षीय बिर भन्ने बिर बहादुर भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरीकार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)