जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं, १७ चैत

मोरङ, बेलबारी नगरपालिका-१० भाउन्ने चोक बस्ने ४५वर्षीय सन्तोष याखाले आफ्नै घरमा संचालन गरेको प्रशान्त होटलभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय विष्णु कुमार दर्जी समेत ८ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ८० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

लमजुङ, बेसिशहर नगरपालिका-७ गैरीधारा बस्ने नन्द प्रसाद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६२ वर्षीय रण बहादुर गुरूङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)