इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ

इराक पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ

काठमाडौं, ४ चैत

घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराकपुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएका ३४ वर्ीय हिरा तमाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानबेबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हिरा तामाङ समेतले राकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुवई हुँदै राकमा पुर्‍याई विभिन्न व्यक्तिहरको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)