सवारी दुर्घटनामा चार जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, २६ फागुन

रूपन्देही, सियारी गाउँपालिका-६ सर्जुगंजस्थित सडकमा सर्जुगंजदेखि अमुवातर्फ जाँदै गरेको लु.६३ प ६०४६ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालकसियारी गाउँपालिका-६ सर्जुगंज बस्ने ५० वर्षीय दुर्गा बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा पचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रूपन्देही, रोहिणी गाउँपालिका-३ परासीझुंगास्थित सडकमा भैरहवाबाट परासीतर्फ जादै गरेको लु.९२ प ८२४७ नम्बरको मोटरसाइकल आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका-४ छपिया बस्ने ५० वर्षीय रामअधारे रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको  हो साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ नाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्तरणमा लिएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-८ राजावासस्थित डकमा गाईघाटबाट मुर्कुचीतर्फ जाँदै गरेको प्र.१-०५-००१ प ८३५९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ बस्ने ६५ वर्षीया टिका माया कार्कीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा इतबार साँझ मृत्यु भएको ो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाजुरा, खप्तड छेडेदह गाउँपालिका-५ चिराल्नास्थित सडकमा डोगडीबाट बुढगंगातर्फ आउदै गरेको भे.२ त १५८८ नम्रको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक बुढगंगा नगरपालिका-४ खोलालवाडा बस्ने अन्दाजी ३३ वर्षी पदम रावतको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)