आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २५ फागुन

उदयपुर, त्रियुगा नपालिका-१३ हवाई फिल्ड छेउ बस्ने लिला श्रेष्ठको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर नजिकै रहेको गौतम राईकोभान्सा कोठामा समेत आगलागी हुँदा लत्ताकपडा, अन्नपात, डिस होम लगायतका सामान जलेर करिब लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, गढी गाउँपालिका-४ डिगिया टोल बस्ने मिश्रीलाल ऋषिदेव (मुसाहर) को घरमा शनिबार बेलुकी आगलागी हुँदा घर र घरभित्र रहेक अन्नपात, लत्ताकपडा, भाँडावर्तन र फर्निचर लगायतका सामानहर जलेर करिब लाख २ हजार ९ सयरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, देवाही गोनाही नगरपालिका-९ धरहरीस्थित इशामहमदको घरमा शनिबार राति आगलागी हुँदा विभिन्न सरसामान जलेर करिब ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, डाक्नेश्‍वरी नगरपालिका-७ ललितपुर टोल बस्ने सत्रुधण मण्डलको घरमा शनिबार राति लागेको आगो फैलिएर नजिकै रहेको गोठमा समेत आगलागी हुँदा घर र गोठ पर्णरपमा जलेर करिब लाख ७८ हजार रूपैयाँ बराबरको धमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)